भूकम्पका कारण बालवालिकामा सिर्जित मनोवैज्ञानिक त्रास हटाउन प्रज्ञा प्रतिष्ठानमा आवद्ध नेपाल सास्कृतिक पेशाकर्मी संघले सरकारी बिद्यालयमा साताव्यापी मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ। बालबालिकामा एकाग्रता र सिर्जनशीलता बढाउन भन्दै बिहीबार काठमाडौका बिभिन्न सरकारी बिद्यालयमा मनोरन्जनात्क कार्यक्रम गरिएको हो। सिर्जनात्मक खेल र मनोरन्जनको माध्यमबाट बालबालिकालाई सामान्य अवस्थामा फर्काउन कार्यक्रम गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स–सना खेलौनाका पाटपूर्जा जडान गरी सिंगो खेलौना बनाउने बालबालिकालाइ पुरस्कृत गरिएको थियो।