भक्तपुर दरवारपरिसरमा सोमबारबाट फोटोपत्रकार अशोक दुलालको भुकम्प सम्बन्धी तस्विर प्रर्दशनी सुरु भएको छ। एक सातासम्म चल्ने प्रर्दशनीको संस्कृती तथा पर्यटनमन्त्री कृपासुर शेर्पाले उद्घाटन गर्नुभयो। दुलालले भूकम्पबाट भएको क्षती तथा अन्य भूकम्प सम्बन्धी फोटाहरु राख्नुभएको जानकारी दिनुभयो। भूकम्प सम्बन्धी जनचेतना फैलायने उदेश्यका साथ प्रर्दशनीको आयोजना गरेको भन्दै उहाले भक्तपुर पछि अन्य ठाउमा पनि प्रर्दशनी गरिने जानकारी दिनुभयो। प्रर्दशनीमा सय भन्दा बढि फोटाहरु राखिएका छन्।