नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रमा बिहीबार दिउँसो भएको आगलागी डेढ घन्टापछि नियन्त्रणमा आएको छ। दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्रसहित ७ वटा बारुण यन्त्रले डेढ घण्टापछि नियन्त्रणमा लिएको हो। भूकम्पले भत्किएको भवन वेल्डिङ गर्नेक्रममा आगजनी भएको प्राधिकरणले जनाएको छ। आगो निभाउन ६ वटा दमकल प्रयोग गरिएको थियो। आगोले गोदाममा रहेका महत्वपूर्ण सामानमा क्षति पुगेको छ। आगलागीबाट भएको क्षतीको पुर्ण बिबरण भएको आएको छ। सो भवनको पुनर्निर्माणको काम बुधबार मात्रै सकिएको थियो।

} else {