उपप्रधान एंव स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दलहरुबीच कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको दाबी गर्नुभएको छ। रत्नराज्य उच्च माध्यमिक विद्यालयको नवनिर्मित भूकम्पप्रतिरोधात्मक भवनको शनिबार निरीक्षण गर्दै मन्त्री सिंहले संविधान जारी नभएसम्म कांग्रेस नेतृत्वकै सरकार हुने दाबी गर्नुभयो।

अहिले एमालेका केहि नेताहरुले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने हल्ला गरेर हिँडेको भन्दै उहाले संविधान जारी भएपछि कांग्रेसले आफैं सत्ता छाड्ने भएकाले अहिले हल्ला नर्गन सुझाव दिनुभयो। उहाले संविधान जारी गर्न, विपतिको सामना गर्न र नयाँ नेपाल निमार्णको लागि सहमतिको राष्ट्रिय सरकार आवश्यक रहेको भन्दै केहि दिनमै सहमतिको सरकार निमार्ण हुने पनि बताउनुभयो। कार्यक्रममा उहाले बिद्यालयको निरिक्षण समेत गर्नुभएको थियो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);