उपप्रधान एवं स्थानिय बिकासमन्त्री प्रकाशमान सिंहले भक्तपुर जिल्लाको राहत र पुर्नस्थापनाका बिषयामा जानकारी लिनुभएको छ। उहाले प्रमुख जिल्ला अधिकारी , स्थानिय बिकास अधिकारी , भक्तपुरका सभासद स्थानिय नेताहरुसंग छलफल गर्दे राहत र पुर्नस्थापनाका बिषयामा जानकारी लिनुभएको हो।

उहाले सरकारले सबै तिर राहत पुराएको भन्दै जिल्ला प्रशासन कार्यालयसंग समन्वय गर्दे लिन आग्रह गर्नुभयो। उहाले राहतका बिषयमा कसैले पनि पक्षपात नगरेको भन्दै दलीय स्वार्थ भन्दा माथि उठेर राहतमा जुट्न आग्रह गनुृभयो। यसअघि मन्त्री सिंहले अन्य जिल्लामा पुगी राहतका बिषयमा जानकारी लिनुभएको थियो ।

}