भक्तपुरस्थित सुर्यबिनायक मन्दिर परिसरमा देखा परेको अनौठो पुतली हेर्नेको भीड लागेको छ। आइतबार बिहानैदेखि सूर्यविनायक मन्दिरको मूल ढोकामा पुतली बसेपछि पुतली हेर्नको भिड लागेको हो । जैविक विबिधताको जगंलका रुपमा परिचित यस क्षेत्रमा विभिन्न किसिमका पशु पन्छीका साथै किरा फट्यांग्रा पाईने गरेता पनि आइतबार मन्दिरको गेटमा भेटिएको पुतलीको दुबै पखेटामा नागको आकार देखिए पछि हेर्न आउनेको भिड बढेको सूर्यविनायक सामुदायिक बन उपभोक्ता समुहका सदस्य मोहन गिरीले बताउनु भयो।

उहाँले जगंल क्षेत्रमा विभिन्न किसिमका पुतलीको प्रजातीहरु देखिने गरेता पनि यस्तो पुतली पहिलो पटक देखिएको र पखेटामा नागको आकार भएकाले समेत हेर्न आउनेको भिड बढेको बताउनु भयो। पुतली लगायत अन्य जीवका विषयमा सोधकर्ताहरुका लागि समेत सूर्यविनायका जंगल उपयुक्त हुने गिरी बताउनु हुन्छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);