नेपालमा गएको भूकम्पका कारण निधन भएकाहरुको स्मृतिमा महाभूकम्प स्मृति पार्क निर्माण हुने भएको छ। सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे आधुनिक सहरी बिकास अभियान २०७२ ले स्मृतिमा महाभूकम्प स्मृति निर्माण गर्ने जनाएको हो। उक्त स्मृति पार्क शिवपुरी नगरकोट माझमा रहेको जहरसिंह पौवा देखि हिलेचौर थाना भन्ज्याङसम्म निर्माण हुने छ। उक्त पार्कको आगामी जेष्ठ २५ गते राष्ट्रपतिले शिल्यान्यास गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। । त्यस्तै पत्रकार सम्मेलनमा भूकम्प संग्राहलय भूगर्भ अध्ययन अनुसन्धान केन्द्र निर्माण गर्न समेत आह्वान गरिएको छ।

if (document.currentScript) {