भक्तपुरको छालिङ गाविसस्थित पञ्च महालक्ष्मी मन्दिरमा पनि बैशाख १२ गतेको भूकम्प र त्यसपछि आएको पराकम्पनबाट क्षती भएको छ। भूकम्पका कारण मन्दिरको भित्ता चर्किएका छन् भने गजुर भत्कीएको छ । त्यस्तै मन्दिरको प्राङ्गण पनि चिरा परेका छन्। मन्दिरका प्रमुख मुक्तिनाथ पिठाधिश स्वामी कमलनयन आचार्यले क्षती पुगेको मन्दिरको पुर्ननिर्माणको कार्य छिटै सुरु हुने जानकारी दिनुभयो। यस्तै भूकम्पबाट प्रभावित बिभिन्न जिल्लामा राहत बितरण गर्नुका साथै गरिव विपन्न परिवारका लागी करिव दुइ सय घर निर्माण गरिदिने बताउनुभयो। उहाले ४५ दिनमा दिवंगत आत्माको चिर शान्तिका लागी बिशेष पुजाआजा गर्ने जानकारी दिनुयो।