बेलायत । नेपाल आदिवासी जनजाति महासंघ-बेलायत (नेफिन यूके) ले ७ नोभेम्बर २०२६ मा ‘बलिहाङ पूजा तथा तिहार विशेष कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेस्टुरेन्टमा कार्यक्रम गर्न लागेको हो । बलिहाङ राजाको स्मरण गर्दै नेपाली समुदायबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ बिहान ११:०० देखि राति २३:०० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा परम्परागत सांस्कृतिक खेलहरू तथा विभिन्न कलाकारहरूको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतिहरू रहनेछन् ।
प्रवेश निःशुल्क र भोजनको समेत व्यवस्था गरिएको यस कार्यक्रममा बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय तथा परिवारलाई उपस्थितिका लागि नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई र महासचिव फ्रम दुराले निमन्त्रणा गरेका छन् ।






