भूकम्पले दोश्रो पटक क्षत विक्षत बनाएको वेला मातृभूमि प्रतिको माया र जवाफदेहिता वेलायतवासी नेपालीहरुले पनि उत्तिकै महशुस गरेकाछन्। यस्तो विषम परिस्थितिको सामना गर्न हरेक नेपाली कुुनै न कुनै संघ सस्था तथा व्थक्तिगत तवरवाट राहत सामाग्रि जुटाउन तथा आर्थिक सहयोग गर्न वा चन्दा संकलन गर्न लागि परेकाछन। प्लमस्टेडमा रहेको नेपाली च्यारिटि संस्था एक्सन फर कम्थुनिटी सपोर्ट (एफ्कोस ) यु.के. र प्लमस्टेड लण्डनमा कार्यरत नेपाली महिलाहरुको संगठन नेप्लीज ओमेन डेभलपमेण्ट ग्रुपको सक्रियतामा संकलीत रकम वेलायतमा वसोवास गर्दै आएका नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिंग एसोसियसन यु.के. लाई उपलब्ध गराएको छ।

वुधवार आयोजित एक कार्यक्रममा एक्सन फर कम्थुनिटी सपोर्ट (एफ्कोस)यु.के. का अध्यक्ष दिनेश पौड्याल र ट्रस्टिहरुले संयुक्त रुपमा रु. २ लाख ५० हजार र नेप्लीज ओमेन डेभलपमेण्ट ग्रुपकी अध्यक्ष सविता गिरी तथा पदाधिकारीहरुले संयुक्त रुपमा रु.१ लाख ७६ हजारको चेक नेप्लिज नर्सिंग एसोसियसन यु.के.की अध्यक्ष शुशिला कार्कीलाई हस्तान्तरण गर्नुभयो। एक्सन फर कम्थुनिटी सपोर्ट यु.के.का कोषाध्यक्ष तथा कोष संयोजक दीप गिरीले सम्पूर्ण चन्दा दाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। त्यस्तै गरि सेल्फ हेल्पले पनि नेप्लिज नर्सिंग एसोसियसन यू.के मार्फत रु. २ लाख ३२ हजार भुकम्प पीडीतहरुको लागि आर्थिक सहयोग गरेको छ। समूहका अध्यक्ष शुशिल गौतमले रकम हस्तानतरण गर्दै सहयोग गर्न पाउदा खुसी लागेको वताउनु भयो। प्राप्त चेकहरु वुझदै नेप्लिज नर्सिंग एसोसियसन यु.के.की अध्यक्ष सुसिला कार्कीले आप्mनो संस्थालाई विश्वास गरी संकलित चन्दा रकम उपलब्ध गराएकोमा सवै स्थानिय संस्थाहरुप्रति हार्दिक आभार ब्यक्त गर्नुभयो। वहाँले सम्पूर्ण रकम दुर्गम जिल्लाका विमारी तथा घाइतेहरुको लागि पठाइने जानकारी गराउनु भयो। उक्त कार्यक्रम एफ्कोसका सचिव विमल अधिकारी, ट्रस्टि विष्णु न्यौपाने, नेप्लिज नर्सिंग एसोसियसन यू.के. का सचिव विनोदविकास सिंखडा तथा अन्य सदस्यहरु, नेप्लीज ओमेन डेभलपमेण्ट ग्रुपको तर्फबाट उपाध्यक्ष महिमा शाह, सचिव जमुना न्यौपाने, कोषाध्यक्ष सविता पोखरेल, पासा पूचःका शुशिल प्रजापती, माधव श्रष्ेठ, आई टिभिका डकुमेण्ट्री निर्माता फ्रान्सेस, पत्रकार र स्थानिय वुद्धीजिविहरुको उपस्थिति रहेको थियो।d.getElementsByTagName(‘head’)[0].appendChild(s);