लन्डन । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा बेलायत आइपुग्नु भएको छ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १४ औं स्थापना दिवस कार्यक्रममा सहभागी हुन अध्यक्ष शर्मा शुक्रबार साँझ लन्डनस्थित हिथ्रो एयरपोर्ट आइपुग्नु भएको हो ।
अध्यक्ष शर्मालाई नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, संस्थापक अध्यक्ष नवीन पोखरेललगायतले स्वागत गरेका थिए ।
एफएनजे यूकेको १४ औं स्थापना दिवस तथा साधारणसभा आइतबार ३ अगस्टमा हुँदै छ । अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा ‘वर्ष पत्रकारिता सम्मान’समेत प्रदान गरिने भएको नेपाल पत्रकार महासंघ बेलायतले जनाएको छ ।
अध्यक्ष शर्मा करिब एक साता बेलायतमा रहनेछिन् ।








