काठमाडौ- नेपालले विश्व ट्वान्टी–२० छनोटअन्तर्गत सोमबार ओमानसँग अभ्यास खेल खेल्दै छ। बिहीबार सुरु हुने प्रतियोगिता अगाडि हरेक टिमले दुई अभ्यास खेल खेल्न पाउनेछन्। त्यसअन्तर्गत नेपालले ओमान र मंगलबार यूएईसँग अभ्यास खेल खेल्दैछ। नेपाल  र ओमानको यसअघिका तीनवटै भेट एसीसी ट्वान्टी–२० कपमा थिए। जसमा नेपालले २ खेल जितेको छ भने एकमा हार बेहोरेको छ। एसीसी ट्वान्टी–२० कपको पहिलो संस्करण २००७ मा पारस खड्काको म्यान अफ द म्याच प्रदर्शनमा नेपालले ओमानलाई १ विकेटले पराजित गरेको थियो।

} else {