चीन सरकारले नेपाली सेनालाई अत्याधुनिक दुई वटा मोवाईल अस्पताल प्रदान गरेको छ। काठमाडौमा आयोजित एक कार्यक्रममा बिच नेपालका लागी चाईनिज राजदूतले नेपाली सेनाका प्रधानसेनापति गौरव शम्सेर राणालाई उक्त मोवाईल अस्पताल हस्तान्तरण गरेको हो। चीनले नेपालको बिपत्ती पछि गरेको सहयोगलाई निरन्तता दिर्दै घाईतको उपचारका लागी अस्पताल प्रदान गरेको जनाएको छ। नेपाली सेनाको छाउनी स्थीत जगदल गणमा अयोजित कार्यक्रममा प्रधानसेनापति राणाले चीनको सहयोगको प्रसंसा गर्दे पछिल्लो पटक प्राप्त भएको सहयोगले गम्भीर घाईते बिरामीहरुले प्रभावित क्षेत्रमा नै उपचार गर्न सकिने बिश्वास व्यक्त गर्नुभयो। चीनले प्रदान गरेको उक्त मोवाईल अस्पतालमा समान्य उपचारका साथै , गम्भीर प्रकृतिका बिरामीका लागी उपचार सेवा गर्न सकिने सुविधा उपलव्ध गरेको छ भने बिभिन्न प्रभावित क्षेत्रमा लगेर उपचार गर्न सकिने सुविधा पनि रहेको जनाईएको छ।