नेपालमा गएको भूकम्पपश्चाल बिभिन्न दलहरुले स्वयंसेवक परिचालन गरिरहेको अबस्थामा नेकपा मालेले पनि स्वयंसेवक परिचलन अभियान थालेको छ। मालेले भूकम्पबाट भत्कीएका घरहरु भत्काउने कार्य गरिरहेको जनाएको छ भने राहत र पूननिर्माणका कार्यहरुलाई जारी राखेको जनाएको छ। मालेले बुधबार काठमाडौको थानकोट क्षेत्रमा भग्नावशेष हटाउने कार्य गरेको छ। उक्त कार्यमा मालेका नेताहरुको पनि सहभागीता रहेको थियो । मुलुकको बिपत्तीपछि पूर्ननिर्माणको कार्यमा सबै एक हुनुपर्ने भएकाले आफुहरुले हातेमालो गरेको मालेका महासचिव सिपि मैनालीले जानकारी दिनुभयो। भूकम्पका कारण थानकोट, बाड्भन्ज्याङ लगाएतका क्षेत्रमा पनि पुराना घरहरुमा क्षति पुगेको छ।

}