नुवाकोट । नुवाकोटको सदरमुकाम विदुर नगरपालिकास्थित बट्टार बसपार्कबाट एक बृद्धको साथमा रहेको चार लाख रुपैयाँ लुटिएको छ । बृद्धको साथी बनेका एक युवकले बस चढाइ दिने भन्दै उक्त रकम लुटेका हुन् ।

रसुवाको डाडागाँउ–७ खड्कुका ६३ वर्षिय हर्कबहादुर तामाङले बट्टार बजारमा रहेको बंगलादेश बैंकबाट निकालेको तीन लाख र उनको साथमा रहेको एक लाख रुपैयाँ लुटिएको बताएका छन् ।
पैसा लिएर निस्केपछि अपरिचित एक युवकले बस चढाइ दिने भन्दै डेढ किलोमिटर पर वसपार्कसम्म हिँडाएर झोलामा रहेको रकम लुटेर भागेको पीडित तामाङ बताए ।
बैंकको सिसी क्यामेराको फुटेज हेर्दा दिउँसो पौने १२ वजे बैंकबाट बृद्ध तामाङले रकम निकाल्दा कोही शंकास्पद युवकले पछ्याएको नपाइएको तर पीडितले बताएको हुलिया अनुसारको व्यक्तिको खोजी भइरहेको बट्टारका प्रहरी निरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।}