प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पछिको पुनस्थापना र पुननिर्माण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त रही स्वतन्त्र ढंगले निरन्तर काम गर्न सक्ने शक्तिशाली निकायको स्थापना होस भन्ने जनताको चाहना रहेको बताउनु भएको छ। उहाँले सो कुरा भूकम्पले क्षतिग्रस्त स्थानमा नागरिकहरुको पुनस्र्थापना र नवनिर्माणको लागि गठन गर्ने निकायको कार्याधिकार र संरचनाको बारेमा राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिबेदन बुधबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै बताउनु भएको हो।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले यस्तो निकायलाई राजनीतिक दाउपेचबाट मुक्त रहेर काम गर्ने ढंगको बनाउनु पर्ने बताउदै यसका काम पारदर्शी बनाउनु पर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री कोइरालाले सो निकायको सचिवालयले स्वतन्त्र ढंगलको काम गर्ने अवसर पाउनु पर्ने भावना व्यक्त गर्नुभएके थियो। सो अवसरमा योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले प्रतिवेदनको मुख्य अंश प्रधानमन्त्री कोइरालालाई अवगत गराउनु भएको थियो।

if (document.currentScript) {