गर्खा सत्याग्रह संघर्ष समिती युकेले नव नियुक्त अल पार्टी पार्लियमेन्ट तथा नेपाल च्याप्टरका प्रमुख एम पी विरेन्द्र शर्मालाई सम्मान गरेको छ। गत आइतवार लण्डनको नर्थलटमा एक विसाल कार्यक्रमको आयोजना गरि उनलाई वधाइ तथा सम्मान गरेको हो। सम्मान कार्यक्रममा एम पी विरेन्द्र शर्माले भुपु गोखाहरुको लागि आफनो जिम्मेवारी पुरागर्ने प्रतिवद्धता व्याक्त गर्दै पार्टीगत मात्र नभएर व्याक्तिगत रुपमै आफु यो विषयमा गंभीर भएको वताएका थिए। उन्को सम्मानमा उपहार स्वारुफ समितीले कोठीमारा खुकुरी प्रदान गरेको थियो। कार्यक्रममा समितीले आउदो कार्यक्रमहरुको जानकारी गराउदै आवासिय भिषा, पेन्सन लगायतका विषयमा के कस्ता कानुनी कागजात तथा प्रवाधान हरु अपनाउन सकिन्छ भनेर वेलायतका पहिलो नेपाली सोलिसिटर राजु थापा संग अन्तरकृया गरेको थियो। विगत दुइ वर्ष देखि भुपु गोर्खालीहरुको समान पेन्सन, आवासिय भिषा , नेपालमा निशुल्क स्वास्थय सेवा लगायतका विभिन्न माग हरु राखी गोर्खा सत्याग्रह संर्घष समिती युके ले आन्दोलनर गरिरहेको छ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);