देशमा फेरी बिनासकारी भूकम्प नआओस, देशमा शान्ति होस र भूकम्पका कारण ज्यान गुमाएकाको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै शनिबार काठमाडौको कालमोचनमा धर्ति पूजा गरिएको छ। काठमाडौको थापाथली स्थीत कालमोचन मन्दिर परिसरमा स्थानीय वृद्धवृद्धा, युवायुवती, महिला पुरुष सहित स्थानिय बासिन्दा भेला भएर पूजा सहित यज्ञ गरिएको हो। बिहान ८ बजेदेखि सुरु भएको यज्ञ दिउँसोसम्म चलेको थियो । यज्ञमा पाठ गरी चरु होम समेत गरिएको थियो । स्थानीय बासिन्दाको सहयोग र सहभागितामा भूमि पूजा, हवन एवं यज्ञको आयोजना गरिएको हो।