प्रमुख चार दलका शिर्ष नेता एक महिनाभित्रै नयाँ संविधान जारी गर्न प्रतिवद्ध देखिएका छन्। सोमबार बिहान प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा–एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाका शिर्ष नेताहरुको बैठकमा एक महिनाभित्रै संविधान जारी गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको हो।

बैठकमा जसरी पनि दलहरुबीच सहमति जुटाउने कुरा भए पनि कसरी सहमति जुटाउने भन्ने विषय नटुंगिएको नेताहरुले जनाएका छन्। यसअघि हिजोको बैठकले विवादिन संघीयतालगायतको विषयमा सहमति गर्ने जिम्मा शीर्ष ४ नेतालाई दिएको छ। त्यसै अनुसार प्रधानमन्त्री तथा कांगे्रस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष केपि शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारलाई जिम्मा दिएकाले सोमबार थप छलफल भएको हो। दलहरुले सहमतिका लागि भन्दै ५ दिनको समय मागेकाले हिजो बोलाइएको संविधानसभाको बैठक पनि स्थगित गरिएको थियो । त्यसैअनुसार तिब्ररुपमा छलफल अघि बढाउने र सकेसम्म ५ दिन भित्रै ठोस निचोड निकाल्ने दाबी दलहरुको छ ।

if (document.currentScript) {