तत्कालीन राजा वीरेन्द्रको बंश विनाश हुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १४ वर्ष पुरा भएको छ। विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन नारायणहिटीको त्रिभूवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतीसहित राजपरिवारका सदस्यहरु मारिएका थिए।

दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन पनि पछि राजा ज्ञानेन्द्रले भत्काउन लगाएका थिए। अहिले त्यसको पुननिर्माण सुरु गरिएको छ। राजदरबार हत्याकाण्डको करिब ७ वर्षपछि २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रका अन्त्यको घोषणा गर्दै देश गणतन्त्रमा प्रवेश गरेको छ। दरबार हत्याकाण्डको १४ वर्ष पुरा भएको दिन ललितपुरको जावलाखेल स्थीत बिरेन्द्र शालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो। राजदरबार हत्याकाण्डबारे छानविन गर्नका लागि गठित समितिले राजा वीरेन्द्रको बंश विनास गर्ने तत्कालीन युवराज दीपेन्द्र भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।

} else {