पटक पटक गएको विनासकारी भुकम्ममा परि जन धन गुमाएकाहरुको सहयोगका लागि विश्वका विभिन्न राष्ट्र , संघ ,सस्था तथा व्याक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेको छ भने एन आर एन हरुको सहभागीता व्यापक रहेको छ। वेलायतका विभिन्न संघ सस्थाहरुपनि सकृयत रुपमा लागि परेका छन। यो क्रममा तमु समाज युकेले महा भुकम्पमा परिकाहरुको सहयोगका लागि आर्थिक सकंलन गरि रहेको छ।

तमु समाज आमा समुहकी कोषाध्यक्ष मिरा गुरुङको संयोजकत्वमा गठित राहात सहयोग संकलन समितीले सेन्टर लण्डनको विभिन्न ठाउमा गएर रकम संकलन अभियान संचालन गरेको छ। हाल संम २० हजार पाउण्ड संकलन गरिसकिएको समाजका अध्यक्ष अर्जुन कुमार गुरुङले वताउनु भयो। संकलीत राहत रकमलाई विश्वासिलो व्याक्ति वा संस्था मार्फत अति आवश्यक ठाउहरु गोर्खा , लम्जुङ , सिन्धुपाल्चोक लगायतका ठाउमा वितरण गरिने वताइएको छ।}