,

डा. सुमाया राईको कृति ‘जिन्दगी फूल सम्झे फूलै हो’ सार्वजानिक

Bimala Sene Avatar

लन्डन । डा. सुमाया राईको जिवनयात्रा कृति ‘जिन्दगी फूल सम्झे फूलै हो’ सार्वजानिक गरिएको छ । शनिवार लन्डनको साउथ हेरोमा नेपाली महिला समाज बेलायतले बिशेष कार्यक्रमको आयोजना गरि मनोविद तथा समाजसेवी डा. राईको पुस्तक बिमोचन तथा बिमर्श गरी सार्वजानिक गरिएको हो ।

पुस्तक बरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले औपचारिक रूपमा सार्वजानिक गरेका हुन । सोही क्रममा पुस्तकमाथी चर्चापरिचर्चा समेत गरिएको छ । पुस्तक माथि साहित्यकार बिजय हितान, समाजसेवी सुमित्रा राई, सञ्चारकर्मी तथा पत्रकार बिमला सेने, समाजसेवी तथा सञ्चारकर्मी बिश्वासदीप तिगेला र साहित्यकार डाक्टर रूपक श्रेष्ठले टिप्पणी गरेका थिए । बहसलाई कवि तथा साहित्यकार शसी सुब्बा थापाले सहजीकरण गरेका थिए ।

समाजसेजी राईको यो पाँचौ कृति हो । उनको यस अघि अन्य कृतिहरू प्रकाशित भईसकेको छ । कार्यक्रममा कुमारी निरौलाले कविता समेत वाचन गरेकी थिईन । कार्यक्रममा पुस्तकको समिक्षा गर्दै अतिथिहरूले प्रसंगगत रूपमा यसको अध्यायहरू लेख्नका लागि सुझाव र बाँकी लेखन यात्रा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ पत्रकार खगेन्द्र नेपाली, टिप्पणीकारहरु साहित्यकार बिजय हितान, समाजसेवी सुमित्रा राई, नेपाल पत्रकार महासंग यूकेका अध्यक्ष बिमला सेने, समाजसेवी तथा सञ्चारकर्मी बिश्वासदीप तिगेला र साहित्यकार डाक्टर रूपक श्रेष्ठलाई दोसल्ला र प्रशंसा–पत्रबाट सम्मान समेत गरिएको थियो ।

वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिएकी डा. राई त्रिभुवन विश्वविद्यालयका पूर्व–उपप्राध्यापक तथा किरात राई यायोक्खाको पहिलो महिला अध्यक्ष हुन् । उनले आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई उधिनेर ‘जिन्दगी फूल सम्झे फूलै होः जीवनयात्रा’ कृति सिर्जना गरेकी हुन ।

साढे पाँचसय पृष्ठमा विस्तारित कृतिभित्र प्रथम चरण, मध्य चरण र उत्तर चरण गरी १ सय १३ शीर्षकका लेखहरू समेटिएका छन् । यसैगरी लेखकको वंशवृक्ष, चिनारुको दृष्टिकोण, अनुसूची र तस्बिरहरू संलग्न गरिएका छन् ।

यसअघि ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ (कविता संग्रह, २०७२), ‘छाम सुनाखरी’ (गीत संग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता र गीत संग्रह, २०७५) प्रकाशित छन् । यी कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, किराती इतिहास, पहिचानलाई उजागर गरेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search