नेवाः समुदायले भुकम्पवाट क्षति पुगेका सम्पदाहरुको मौलिकता कायम गरि पुनः निर्माण गर्नका लागि माग गरेको छ। स्वायत्त राज्य मंकाः संघर्ष समितिको प्रतिनिधि मण्डलले संस्कृतिक पर्यटन तथा नागरिक उद्दयण मन्त्री कृर्पासुर शेर्पालाई सोमवार ध्यानाकर्षण पत्र दिदै सो माग गरेको हो। नेपालको पहिचान बनेको विश्व सम्पदा सुचिमा सुचिकृत उपत्यकाका ७ वटा नै सम्पदाक्षेत्र भुकम्पले क्षति भएकोले ती सम्पदाहरु पुनः निर्माण गर्ने क्रममा नेवाः समुदायको पनि प्रतिनिधत्व गर्नुपर्ने माग गरेको थियो। सो क्रममा मन्त्री शेर्पाले विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरुको मौलिकता कायम राखी संरक्षणदेखि पुनः निर्माण सम्म सरकार तयार रहेको बताउनु भयो। उहाँले नेवाः समुदायको मागलाई सम्वोधन गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो। ७ बुँदे ध्यानाकर्षण पत्रमा नेवाः समुदायाका धेरै प्राचिन वस्तीहरु भुकम्पले प्रभाव पारेका कारण ती वस्तीहरुको पुनः निर्माणका सवालमा पनि सरकारले ध्यान दिनुपर्ने मंकाः संघर्ष समितिका पदाधिकारीरुले माग गरेको थियो।