दक्षिणकाली नगरपालीकामा भुकम्पले क्षतिपु¥याएका झण्डै ३ सय घर सफा गर्ने तथा १ सय घर टहरा निमार्ण तथा ममर्त गरीएको छ। स्थानिय नागरीक तथा नेपाली काग्रेसका स्वयंमसेवकहरुको सक्रियतामा घर टहरा निमार्ण तथा मर्मत गरिएको हो। दक्षिणकालि नगरपालिकाका सेतिदेवी,चाल्नाखेल, बोसना,टल्कु छैमले, यूटिकि लगाएतका १५ बडामा भुकम्पले क्षतिपुराएका घरका भग्नाबसेस हटाउनुका साथै अस्थाइ टहरा निर्माण गरीएको हो।

विगत १५ दिन देखि घर टहरा निमार्णमा सक्रिय स्वयमसेवकहरुले अझै केही दिन टहरा बनाउने बताएका छन। नजिकिदो बर्षा र भुकम्पले घरबास उजाड बनाएपछि त्रिपाल मुनी बस्न बाध्य स्थानियबासिन्दा अस्थाइ टहरा निमार्ण भएपछि खुसि भएका छन।

घरटहरा निमार्णमा स्थानिय स्रोत साधानको प्रयोग तथा जस्तापाताको प्रयोग गर्ने गरीएको छ। अधिकांंस भुभाव भिरालो रहेको नगरपालीका भित्रका कतिपय स्थानमा जमिनमा भुकम्पका कारण धाजाँ समेत फाटेको स्थानियले बताएका छन।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);