काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा पहाडै खस्ने खतरा नरहेको खानी तथा भू–गर्व बिभागले जनाएको छ। बिभागले सोमबार उक्त स्थानको निरिक्षण गर्दे तत्काल कुनै ठूलो खतरा नरहेको जनाएको हो। तर उक्त स्थानमा चार पाच स्थानमा चिरा देखिएकाले स–साना ढुङ्गा भने खस्न सक्ने बिभागको भनाई छ। बिभागबाट निरिक्षणका लागी तारेभिर पुग्नुभएका बरिष्ठ ईन्जीनियर जयराज घिमिरेले निरिक्षणबाट प्राप्त प्रतिबदेनमाथि छलफल गर्दे निकासको बाटो निकालिने जानकारी दिनुभयो। उहाले तत्कालै स्थानियहरुलाइ उक्त स्थानबाट हटाईहाल्नुपर्ने अबस्था नरहेको उहाको भनाई छ।

सो क्षेत्रका स्थानियहरुले पहिराका कारण ७० घर जोखिममा परेको जनाएका छन् । स–साना ढुङ्गाहरु झरेका कारण आफुहरु त्रासमा रहेको उनीहरको भनाई छ। वैशाख १२ गतेको भूकम्पका दिन सामान्य पहिरो गए पनि धाँजा फाटेका स्थानबाट ढुङ्गा झरेको हुन सक्ने स्थानीयवासीले बताएका छन्। पहिरो बढ्दै गएमा नगरपालिकाका ७ र ८ नं वडाका दुई सय घर परिवारसम्मलाई असर पुग्ने देखिएको छ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);