गैरआवासीय नेपाली संघले भूकम्पपीडित सिन्धुपाल्चोकका जनतालाई पहिलोपटक राहत वितरण गरेको छ । सिन्धुपाल्चोकको चनौटेमा आयोजित कार्यक्रममा महांकाल, इचोक, किउल, हेलम्बु र पाल्चोक गाविसका करिव एक हजार परिवारलाई राहत बितरण गरिएको हो । त्यस्तै नेपाल नर्सिङ एशोसिएसन युकेको स्वास्थ्य टोलीले काभ्रेको ज्याम्दी २ को छापगाउँ स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

}