,

गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गर्न सरकारसँग एनआरएनए यूकेको आग्रह

Gurkha Channel Avatar

लन्डन । गैर आवासीय नेपाली संघ यूके कार्यसमितिको पूर्ण बैठकले नेपालको संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका अधिकार व्यवहारमै सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।

अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा ११ मे सोमबार नर्दन आयरल्यान्डको बेलफास्टमा बसेको बैठकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकमा एनआरएनए यूके राज्य समन्वय परिषद् नर्दन आयरल्यान्डले उठाएको चासोलाई सम्बोधन गर्दै ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्न जोड दिएको हो ।

बैठकले वंशजको नागरिकता निरन्तरताको विषयलाई पनि प्राथमिकतासाथ उठाएको छ । बैठकले सर्वसम्मत रूपमा नयाँ सल्लाहकारहरू थप गर्ने निर्णय गरेको छ । नवमनोनित सल्लाहकारहरूमा रामचन्द्र गुरुङ, विकास चुडाल, भगीरथ योगी, जीत रानाभाट लगायत रहेका छन् । रिक्त रहेको एक पदमा शिव खराललाई मनोनयन गरिएको छ ।

त्यस्तै विधान संयोजन समिति पुनर्गठन गर्दै उपाध्यक्ष उज्जवल कार्कीलाई संयोजक बनाइएको छ भने सह–संयोजकमा कृष्ण भन्डारी चयन भएका छन्। समितिमा बिदुर खत्री, डा विकास रानाभाट, शेरबहादुर केसी, राममाया बिष्ट, पुर्नेश्वर कंडेल, माधव भन्डारी र दीपक गैरे सदस्यमा मनोनित भएका छन् । बैठकले विद्यार्थी, वेलफेयर तथा कम्युनिटी संलग्नताको जिम्मेवारी विद्यार्थी विभाग प्रमुख विष्णुभक्त भट्टराईलाई दिएको महासचिव दिवाकर पाण्डेले जानकारी दिए ।

यसैगरी ‘एक एनसीसी एक परियोजना’ समितिमा लीलाराम निउरे, रामप्रसाद कंडेल, कृष्ण भन्डारी, गौतम राई, कृष्ण देवकोटा र सरोज थापालाई थप गरिएको छ। उक्त समितिको संयोजक अध्यक्ष पुडासैनी रहेका छन् । बैठकले डा. नारायण कंडेल नेपाल सरकारको महान्यायाधिवक्ता नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ।

त्यस्तै एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषदको १२औँ अधिवेशनबाट बेलायतबाट निर्वाचित आइसीसी पदाधिकारी तथा युकेका सल्लाहकारलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी प्रवक्ता श्याम लुईटेललाई दिइएको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search