,

गुल्मी जिल्ला समाज, यूकेको १७औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाइँदै

Bimala Sene Avatar

लन्डन । गुल्मी जिल्ला समाज, यूकेले आफ्नो १७औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । गुल्मी जिल्ला समाज, यूकेको एक विज्ञप्ति जारी गर्दै १७औं वार्षिक उत्सवको औपचारिक घोषणा गरेको हो । यही अगस्ट ३ तारिख आइतबारका दिन समाजको १७औं वार्षिक भेला आयोजना गरिँदैछ ।

समाजले हरेक वर्षझैं यस वर्ष पनि आफ्नो सांस्कृतिक, सामाजिक र आपसी एकता प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिक उत्सव आयोजना गर्न लागेको जनाएको छ । यस वर्षको कार्यक्रममा नेपालबाट ख्याती प्राप्त कलाकारहरूलाई उपस्थिति रहने छ । कार्यक्रममा अर्जुन कुंवर, रचना रिमाल, श्रिस्टि पुन, सीता परियार, रेनुका भट्टराई घिमिरे, चर्चित मोडेल डान्सर अश्मिता पुरी साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । त्यसैगरि गुल्मीको कला संस्कृति उजागर गर्न पञ्चेबाजा, सराय नाच, लाखे नाच, घाटू नाच, सालैजो, सोरठी, झ्याउरे, भजन कृतन र तीज गीतहरू प्रस्तुत गरिनेछ ।

कार्यक्रम नेपाली दुताबास लन्डनको प्रमुख आतिथ्यमा हुनेछ भने कार्यक्रमलाई अबलोकन गर्न देश तथा बिदेशबाट धेरै अतिथिहरूलाई निमन्त्रना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको अवसरमा नेपाली समुदायको संस्कृति जगेर्ना, आपसी भातृत्व बलियो बनाउने र प्रवासी भूमिमा रहेर पनि आफ्नो कला, संस्कृति, भासा भेष भूषा, नेपाली खाना, गीत संगीत र पहिचान जोगाउने साझा उद्देश्य लिएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search