गाइजात्रा पर्व नेवार समुदायले आइतबार दिवंगत आत्माको सम्झनामा मनाएका छन। वर्ष दिन भित्र दिवंगत भएका आफन्तको स्मृतिमा मानिसलाई सिंगारिएको गाइको रुपमा नगर परिक्रमा गराई यो जात्रा मनाउने प्रचलन छ। महाभुकम्पका कारण यस बर्ष भक्तपुरको गाईजात्रा पर्व औपचारिकतामा मात्रै सिमित भएको छ। महाभुकम्पका कारण समग्र मुलुक नै शोकमा डुबेकाले तुलनात्मक रुपमा अघिल्लो बर्षहरुमा जस्तो यस बर्ष गाईजात्राको रौनक भक्तपुरमा देखिएन। मध्य भक्तपुरमा मनाईने गाईजात्रा विशेष गरी कला र संस्कृतिका साथै ब्यंग्यात्मक हुने भएकाले जात्रा हेर्नेको बिहानै देखि घुंईचो लाग्ने गर्छ। यद्यपि अघिल्ला बर्षमा जस्तो हर्षोल्लास यस बर्ष नभएको त्यहाका स्थानीय बताउछन्।

मध्य भक्तपुरको गाईजात्रा उपत्यका काठमाडौँ र ललितपुरको भन्दा परम्परागत हुने भएकाले उपत्यकाका तीनै जिल्लालगायत काभ्रे देखि जात्रामा सहभागी हुन पुग्ने गर्दछन्। बिहान सबेरै भक्तपुरको तलेजुबाट कुखुरा नबास्दै तलेजुको ताहामाचा बनाई देश अर्थात भक्तपुर नगरपालिका परिक्रमा गर्ने प्रचलन छ। तलेजुको ताहामाचा बनाई देश परिक्रमा गराई सकेपछि सर्वसाधाहरण मानिसको मृत्यृ भएकाहरुको मृत्आत्माहरुको प्रतिक ताहामाचा बनाई नगरपरिक्रमा गर्ने चलन छ। गाईजात्राको अघिल्लो दिन नै भक्तपुरको दरबार क्षेत्रबाट घिन्ताङघिसी नाच निकाल्ने गरिन्छ। घिन्ताङघिसी नाच भक्तपुरको नगरपरिक्रमा गराउने गरिन्छ। भक्तपुरमा मनाईने ८ दिन सम्मको गाईजात्राको प्रमुख आर्कषण घिन्ताङघिसी नाच हो। यो नाच विशेष तयारीका साथ कलात्मक शैलिको हुने भएका कारण यो नाचमा सहभागीहरुलाई नचाउनका लागि दुई सातादेखि अभ्यास गरी सो दिन निकालिन्छ। तर यस वर्षको गाईजात्रामा भने खासै उल्लेख्य रुपमा घिन्ताङघिसी नाच लगाएतका झा“कीको रौनकता भने छैन। गाईजात्रामा बर्षदिन भित्र मृत्यृ भएका आफन्तको सम्झनामा तस्विर सहितको गाईको मुर्ति बनाई नगर परिक्रमा गर्ने गराउने चलन छ। गाईजात्रालाई नेपालका प्राचिन जात्राहरु मध्येको एउटा महत्वपुर्ण जात्राको रुपमा लिने गरिन्छ। जनै पुर्णिमा देखि कृष्णअष्टमी सम्म ९ दिनसम्म जात्रा मनाउने चलन भएपनि महत्वपुर्ण दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ।

नेपाल भाषामा सापारु भनिने गाईजात्रामा विधिवत गाईलाई परिक्रमा गराएमा मृतात्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ। यस्तै जात्रालाई गोपालराज वंशावलीमा पनि सायाता जात्रा भन्ने उल्लेख गरिएको छ। १४ औं शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यमा गाईजात्रा सुरु भएको मानिन्छ। काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले विशेष रुपमा यो जात्रा मनाउने चलन छ।

}