, ,

केवाईसी ​​​​​​​यूकेद्वारा अन्तर शाखा हाजिरी जवाफ र लिम्बू वक्तृत्वकला आयोजना (फाेटोसहित)

Bimala Sene Avatar

लन्डन । किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूके अन्तर्गत थामेन्दिङको आयोजनामा बेलायतको मेडिस्टोनस्थित चुम्लुङदेनमा अन्तरशाखा हाजिरीजवाफ तथा लिम्बू भाषाको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

गत शनिबार आयोजित प्रतियोगितामा हाजिरीजवाफतर्फ आठ वटा शाखाको सहभागिता रहेको थियो। प्रतियोगितामा दीपक येङ्देन, सुनिला जबेगु र रोशनी चेम्जोङ सम्मिलित केवाईसी वेल्स शाखाको टोली प्रथम भएको थियो। त्यसैगरी चिरेन्द्र लावुङ, कोमल सेने र बुद्धमाया लिम्बूको केवाईसी ग्रेटर लण्डन ज्येष्ठ शाखाले दोस्रो स्थान हासिल गर्‍यो भने लक्ष्मी लिवाङ, युवराज इस्पो र सेरु इङ्नाम सम्मिलित केवाईसी थोरक शाखा तेस्रो भयो ।

लिम्बू भाषाको वक्तृत्वकला प्रतियोगिताको विषय ‘मेल्लुङ फुसिङ’ (सयमुन्द्री छिनाउने वा वाग्दत्त दिने) राखिएको थियो । उक्त प्रतियोगितामा केवाईसी ग्रेटर लण्डन ज्येष्ठ शाखाका लोकबहादुर सेने प्रथम, केवाईसी ग्रेटर लण्डन शाखाका भक्ति आङ्देम्बे द्वितीय तथा केवाईसी थोरक शाखाकी इन्दु पन्धाक इस्वो तृतीय भइन् ।

प्रतियोगिताको मूल्याङ्कन भाषा तथा संस्कृतिविद् येहाङ लावती, समाजसेवी तथा कलाकार नरकुमारी वनेम तथा पूर्वविजेता सानु सुब्बा र पूर्ण वोख्खिम ले गरेका थिए। नतिजा घोषणा गर्दै निर्णायक मण्डलका संयोजक लावतीले प्रवासमा रहेर पनि याक्थुङ पहिचान, मुन्धुम, भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महिलाहरूको सक्रियतामा यस्ता कार्यक्रम आयोजना हुनु सकारात्मक भएको बताए। उनले यस्ता कार्यक्रम वर्षमा कम्तीमा दुई पटक आयोजना गर्नुपर्ने सुझाव समेत दिए।

कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा कमला सेन्दाङ लिम्बू, विमला सेने, नेत्रकला युमा लिम्बू, लिला सेलिङ मावो, इन्दु पन्धाक, हाङ्मा लावती, मेनुका अन्छङ्बो, राजकुमारी तेम्बे, सानु सुब्बा, सकुन नेम्वाङ, होमा पाहिम, दिलु मादेन तथा विष्णु चेम्जोङ लगायत रहेका थिए। उनीहरूलाई दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

केवाईसी यूकेकी केन्द्रीय अध्यक्ष कमला लिम्बू को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औपचारिक सत्र महासचिव सुभ नेम्वाङ ले सञ्चालन गरेकी थिइन् भने सम्मान कार्यक्रम सचिव धनकुमारी थोक्लीहाङ ले सञ्चालन गरेकी थिइन्।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search