, ,

केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु

Bimala Sene Avatar

नैरोबी । केन्याको उत्तरी क्षेत्रमा सफारीका क्रममा बुधबार बिहान हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ।

केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा एक पाइलट र छ यात्रु थिए। हेलिकप्टर बिहान ९ः१३ बजे लोसाबा कन्जर्भेन्सीबाट साम्बुरु काउन्टीको इवासो न्यिरो क्षेत्रतर्फ जाँदै गर्दा माउन्ट ओलोलोक्वेको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परेको हेलिकप्टर स्थानीय कम्पनीको चार्टर उडानमा प्रयोग भएको थियो। खोज तथा उद्धारका लागि हेलिकप्टरहरू र केन्या रेडक्रसका आपत्कालीन टोली परिचालन गरिए पनि सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ।

मृतक अमेरिकी नागरिकहरूको आधिकारिक परिचय सार्वजनिक गरिएको छैन। अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गर्दै मृतकका परिवारलाई आवश्यक कन्सुलर सहायता उपलब्ध गराइरहेको जनाएको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search