वेलायतमा रहेका नेपालीहरु अहिले विभिन्न पेसा मा संम्लग्न भएका छन भने सफल व्यावसायीको रुपमा पनि देखा परिरहेका छन। विषेसत रेष्टुरेन्ट व्यावसायमा अग्रपक्तिमा रहेका छन। यसै विच सुक्रवार केन्टको फोक्सटनमा सुना क्याफे एण्ड रेष्टुरेन्टको औपचारिक उद्धाटन भएको छ। केन्टका नेपाली लगायत विदेसिहरुलाई नेपाली संस्कृति संग भिजाउदै आफनो व्यावसीयकता वढाउनको लागि रेष्टुरेन्ट खोलिएको प्रोप्राइटर  गोकर्ण चोङवाङले वताउनु भयो। विगत एक दसक देखि एभरेष्ट सेक्युरीटी लिमीटेड सफल रुपमा संचालन गर्दै आउनुभएका चङवाङलाई सफल व्यावसायीको रुपमा वेलायत चिनिन्छ। स्थानिय मेयरले रिवन काटेर उद्धाटन गरिएको सोना क्याफे एण्ड रेष्टुरेन्टमा विभिन्न संघ सस्थाका पदाधिकारी लगायत स्थानिय गा्रहकहरुको उपस्थिती रहेको थियो।