
लण्डन, किरात याक्थुङ थामेन्दिङ मा (महिला समिति) चुम्लुङ युकेले भव्यरुपमा वलिहाङ तंङनाम मनाएको छ । गत सनिवार आसफोर्डको साइमन र्चचको सभाहलमा आयोजित कार्यक्रममा लिम्वु संस्कृति अनुसार केलाङ यालाङ सहित वलिहाङ तंनाम मनाएको हो ।

थामेन्दिङमा चुम्लुङकी अध्यक्ष मनमाया नेम्वाङको अध्यक्षतामा भएको वलिहाङ तंनाम कार्यक्रममा स्वागत मन्तव्य सहकोषाध्यक्ष सरला काम्वाङले गरेकी थिईन । थामेन्दिङ चुम्लुङकी महासचिव शुभ नेम्वाङले संचालन गरेको सो कार्यक्रममा नेपाल वाट आउनुभएका गायक कंचन थलङलाई दोसल्ला ओढाएर स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेको तर्फवाट सहकोषाध्यक्ष सविता लिम्वु विषेश अतिथिको रुपमा उपस्थित हुदै केन्द्रिय समितिको तर्फवाट वलिहाङ तंङनामको शुभकामना वाडेकी थिइन । त्यसै गरि पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेने,सेवारो कलाकार संघं युकेकी अध्यक्ष इन्दु पन्धाक र सगरमाथा नेपाली समजा महिला समितिकी अध्यक्ष प्रेम कुमारी गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा सामुहिक देउसीभैलो सगै सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । सो कार्यक्रमलाई कलाकार माक्सोती ओख्रावु लिम्वुले संचालन गरेकी थिईन । कार्यक्रममा कलाकार कन्चन थंलङ लगायत स्थानिय कलाकारहरुले गीत गाएका थिए भने नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, किरात धर्म तथा सहित्य उत्थान महासंघ युकेका अध्यक्ष राजेन्द्र खिम्दिङ, केवाइसी युकेकी सचिव सकुन नेम्वाङ, विजीएनसीसीसीका अध्यक्ष सन्तोष थलङ, थामेन्दिङमा चुम्लुङकी सल्लाहकार दुर्गा पाङमा, सागरमाथ नेपली समाजका अध्यक्ष डम्वर सिगक, केवाईसी युकेका केन्द्रिय सदस्य धन काम्वाङ लागयतको वाक्लो उपस्थिति रहेको थियो ।








