बैशाख १२ गते आएको विनासकारी भुकम्प जस्तो अर्को विपत्ति दाहोरिन नदिने उद्देश्यसहित आगामि जेठ १७ गते काल दृष्टि धर्ति पूजा कोटी होम गरिने भएको छ। शिवतान्त्रिक गुरु बुद्धिकुमारको नेतृत्वमा मानव कल्याण आध्यात्मिक प्रतिष्ठान ललितपुरले तान्त्रिक, ब्राम्हण, पण्डित, बज्राचार्य र लामा गुरुहरुले सामूहिक रुपमा जेठ १६ र १७ गते होम गर्न लागेको हो।


बुधबार काठमाढौमा आयोजित पत्रकार सम्मेलनमा कालको दृष्टि परेको हुनाले मुलुकमा विपत्ति आएको दावी गर्दै यसबाट उन्मुक्ति हिन र भविष्यमा यस किसिमको विपत्ति नआओस भन्ने अभिप्रायले कालमोचन तथा धर्ति पुजाको आवश्यकता महसुस गरेर होम गर्न लागेको जानकारी दिईयो। शिवतान्त्रिक गुरु बुद्धिकुमारले मानवमा भगवानप्रतिको आस्थामा कमि आएको र धर्तिमाता रिसाएकोले डरत्रासबाट मुक्तीको लागि धर्ति पुजा गर्न लागेको बताउनुभयो।

}