कलाकार एवं खेलक्षेत्रका सेलिब्रेटीहरुले प्रधानमन्त्री दैबि प्रकोप उद्धार तथा राहात कोषमा जम्मा हुने रकम दुरुपयोग हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका कलाकार र खेलकुद क्षेत्रमा हस्तिहरुले भूकम्प पीस्डितको नाममा आएको राहत रकम सदुपयोग हुनछ कि हुदैन भन्ने भ्रम जनतामा रहेको भन्दै उक्त रकमको सदुपयोग गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री संगको भेटमा सेलिब्रेटीहरुले रकम हिनामिना हुन नदिन सरकार बलियो हुनपर्नेमा जोड दिएका थिए। विदेशमा रहेका तथा स्वदेशमै रहेका जनताले सानो सानो रकमको सहि सदुपयोग भए मात्र विपद्को सहि व्यवस्थापन हुने सेलिब्रेटीहरुको भनाई छ। भेटमा प्रधानमन्त्री कोइरालाले राहतकोषमा जम्मा भएको रकम पीडितकोलागि सदुपयोग हुनेमा विश्वस्तहुन आग्रह गरेको नायक राजेश हमालले जानकारी दिनुभयो। राजेश हमाल , महानायक
भेटमा मदन कृण्ण श्रेष्ठ, हरिवंश आचार्य,राजेश हमाल, नेपाली क्रिकेट टोलीका कप्तान पारश खड्का लगायतको उपस्थिति रहेको थियो।

if (document.currentScript) {