राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राष्ट्रियता नै खतरामा परेको बताउनुभएको छ। पार्टी कार्यालय धुम्वाराहीमा सोमबार आयोजित कार्यक्रममा उहाले बिभिन्न बहानामा धर्म परिवर्तन गराउने काम भईरहेको भन्दै यसले नेपाली राष्ट्रियता नै खतरामा परेको बताउनुभएको हो। उहाले धर्म परिवर्तन गराउनका लागी बिभिन्न लोभ प्रलोभनमा युवाहरुलाई पारेको दाबी गनुृभयो। योजनाबद्ध र संगठित रुपमा हिन्दुधर्मलाइ मास्ने कार्य भइरहेको भन्दै अध्यक्ष थापाले राप्रपा नेपाले यसलाई रोक्ने बताउनुभयो। थापाले हिन्दुत्व, हिन्दु संस्कृति र राष्ट्रियता नेपालको पहिचान भएको धारणा पनि राख्नुभयो।