नेकपा (एमाले)को ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’ अन्तर्गत मंगलबारललितपुरका बिभिन्न स्थानमा काम भईरहेको छ। एमाले स्वयंसेवक टोलीहरुले ललितपुरको च्यासल, मंगलबजार लगाएतका स्थानमा भग्नावशेस हटाउने, सरसफाई गर्ने तथा पुननिर्माणको कार्य गरिरहेको हो। अभियानका क्रममा मेचीदेखि महाकाली र प्रवास कमिटीका तर्फबाट गरी १० हजार स्वयंसेवक अति प्रभावित १४ जिल्लामा श्रमदान गरिरहेको एमालेले जनाएको छ। एमालेले भूकम्प प्रभावित अवस्थाका लागि राष्ट्रिय स्वयंसेवक परिचालन निर्देशिका २०७२ पारित गर्दै सचिव गोर्कण बिष्टको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय स्वयंसेवक परिचालन समिति गठन गरेको थियो। १० जेठ देखि सुरु भएको अभियान अभियान १० असारमा समापन हुने जनाईएको छ।

}