लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) यूकेको यही जुलाई २६ मा हुने निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन समितिले मंगलबार जम्मा ३ हजार ५ सय १ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो ।
प्रकाशित नामावली मध्ये इंग्ल्यान्डबाट १ हजार ८ सय ६०, स्कटल्यान्डबाट १ हजार ५ सय १३, वेल्सबाट ७४ र नर्दन आयरल्यान्डबाट ५४ मतदाता छन् ।
यही सूचीमा प्रकाशित मतदाताले मात्रै आसन्न एनआरएनए यूके निर्वाचनमा भाग लिन पाउनेछन् । जुलाई २६ तारिख शनिबार अनलाइन माध्यमबाट निर्वाचन हुंदैछ । भोलिपल्ट २७ जुलाईमा अधिवेशन तथा निर्वाचित कार्यसमितिको घोषणासभा हुने कार्यक्रम छ ।







