,

एनआरएनए यूकेद्वारा भोटेकोशी बाढीपीडितलाई राहत वितरण

Gurkha Channel Avatar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले गत भदौ १० गते आएको विनाशकारी रसुवा–नुवाकोट भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पीडितसँग प्रत्यक्ष भेटघाट गर्दै राहत वितरण गरेको छ।

एनआरएनए यूके तथा बेलायतस्थित विभिन्न संघ–संस्थाको संयुक्त पहलमा नुवाकोटको विदुर नगरपालिका–५ का दुई स्थानमा राहत वितरण गरिएको हो। गंगटे पार्कमा वेत्रावती क्षेत्रका बाढी प्रभावित ४० घरपरिवार तथा बोगटी पार्कमा रहेको अस्थायी शिविरमा बस्दै आएका ४७ घरपरिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको थियो।

त्यसैगरी, दुवै स्थानका गरी २ सय ७० जनालाई न्यानो ज्याकेटलगायत राहत सामग्री वितरण गरिएको एनआरएनए यूकेले जनाएको छ।

भोटेकोशी बाढी तथा पहिरो प्रभावितका लागि एनआरएनए यूकेले कुल १३ लाख ६३ हजार ७ सय ९९ रुपैयाँ राहत रकम संकलन गरेको थियो। व्यक्तिगत सहयोगदाताले संघको बैंक खातामा प्रत्यक्ष जम्मा गरेको २ हजार ९ सय ५.९९ पाउन्ड र GoFundMe अभियानमार्फत प्राप्त ६ सय ४७ पाउन्ड गरी कुल ३ हजार ५ सय ५२.९९ पाउन्ड संकलन भएको थियो। उक्त रकम नेपाली रुपैयाँमा ७ लाख ३५ हजार ४ सय ६९ रुपैयाँ बराबर रहेको संघले जनाएको छ।

संकलित सहयोग रकमबाट बाढी तथा पहिरो प्रभावित परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिएको एनआरएनए यूकेले जनाएको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search