,

एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन

Bimala Sene Avatar

लन्डन । एनआरएनए यूके १२ औं कार्यसमिति निर्वाचनको लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । यही जुलाइ २६ मा हुने निर्वाचन हुँदै छ । निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द शर्मा खरेल उम्मेदवार छन् ।

यसअघि अध्यक्षको उम्मेदवारी दर्ता गराएका चारमध्ये काशीराम भण्डारीले फिर्ता लिएपछि अन्य तीनको उम्मेदवारी कायम भएको हो । अध्यक्षबाहेकका पदहरुमा भने यसअघि उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन समितिका प्रमुख रामशरण सिम्खडा र सदस्यसचिव श्याम लुईंटेलले एक सूचना जारी गर्दै निर्धारित समयभित्र प्राप्त उम्मेदवारीमाथिको दावीविरोधबारे छानबिन र प्रमाणिकरणपश्चात कायम भएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको जनाएका छन् ।

उम्मेदवारी फिर्ताका लागि निर्धारित समयभित्र अध्यक्ष उम्मेदवार भण्डारीबाहेक अरु कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् । दुई जनाको उम्मेदवारीविरुद्ध दावीविरोध उजुरी परेको भएपनि छानबिनपछि उनीहरुको उम्मेदवारी सदर गरिएको निर्वाचन समितिले जनाएको छ ।

एनआरएनए यूकेको अध्यक्षसंगै अब खुला उपाध्यक्ष, महासचिव, सचिव र स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षका साथै आइसीसी सदस्य, इंग्ल्यान्ड परिषद अध्यक्षलगायतका पदमा आवश्यक पदसंख्याभन्दा बढीको उम्मेदवारी कायम रहेकाले निर्वाचन हुने भएको छ । अन्य पदहरु निर्विरोध भएका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search