उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको निरिक्षण गर्नुभएको छ। शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय किर्तिपुर पुगी मन्त्री सिंहले भूकम्पका कारण क्षतविक्षत बनेको विश्वविद्यालयका शिक्षाध्यक्ष, रजिस्टारको भवनका साथै केन्द्रीय कार्यालयका अन्य क्षतिग्रस्त संरचना, त्रिवि स्मृति भवन, त्रिवि केन्द्रीय पुस्तकालय भवनको निरीक्षण गर्नुभएको हो।

निरीक्षणपछि उपप्रधानमन्त्री सिंहले भूकम्पले ठूलो क्षति पु¥याए पनि विश्वविद्यालयका कामलाई विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी सुचारु गराउन विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गर्नुभयो। निरीक्षणका क्रममा उपप्रधानमन्त्री सिंहलाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हीराबहादुर महर्जन, शिक्षाध्यक्ष प्राध्यापक गुणनिधि न्यौपाने लगाएतका पदाधिकारीले विश्वविद्यालयमा भूकम्पले पारेको क्षति सम्बन्धमा जानकारी गराउनुभएको थियो। उपप्रधानमन्त्री सिंहले शुक्रबार नै भूकम्पका कारण प्रभावित कीर्तिपुर क्षेत्रको पनि निरीक्षण गरी त्यसले पारेको क्षति तथा भइरहेको राहत वितरणलगायतका विषयमा जानकारी लिनुभएको थियो।

if (document.currentScript) {